बनेपा । काभ्रेको पाचँखाल नगरपालिका ६ तिनपिपलेमा बस दुर्घटना हुँदा बसमा सवार ३७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार काठमाडौंबाट काभ्रेको कोशीपारी जादै गरेको बा २ ख ६४४१ नम्वरको अरनीको यातायात सडकबाट २५ मिटर तल खस्दा बसमा सवार ३७ यात्रु घाइते भएको डिएसपी नविनराज राईले जानकारी दिनुभयो।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रोकिरहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बस नियन्त्रण बाहिर गई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।