भोजपुर । भोजपुरको हतुवागढी गाउँपलिका ५ मा शुक्रबार आगलागी हुँदा जलेर एक बालिकाकको मृत्यु भएको छ । हतुवागढी गाउँपलिका ५ बस्ने मान बहादुर राईको घर र ग्वालीमा दिउँसो २ बजेतरि अचानक आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँका बल बहादुर राईको ४ बर्षिया छोरी खिम्बुङ राईको आगोमा जलेर ज्यान गएको हो ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा ३९ बर्षिया चन्द्र कुमारी राई सामान्य घाइते भएकी छिन । आगलागीबाट घर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो ।