जेष्ठ २०, २०७४ छतबाट खसेर घोराहीमा एक बालकको मृत्यु भएको छ । शुक्रबार बेलुका छतमा खेल्ने क्रममा लडेर राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका फिजिशियन डा. जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल क्वार्टरको छतमा खेल्ने क्रममा बालक खसेको प्रहरीले जानकारी दिएको छ ।