तमु सञ्चारकर्मीको दुइदिने तालिम सम्पन्न

तमु सञ्चारकर्मीको दुइदिने तालिम सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०७४
  • 10.3K
    Shares

पोखरा, १९ । जेठ पत्रकारितामा क्रियाशील तमु(गुरुङ)सञ्चारकर्मी÷पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तमु(गुरुङ)सञ्चारकर्मी संघ नेपालद्धारा पोखरा आयोजित दुई दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा “न्यु मिडिया र व्यवसायिकरण” विषयेक तालिम तमु(गुरुङ)सञ्चारकर्मी संघ नेपालका सल्लाहकार, वरिष्ठ पत्रकार खिम घले, तमु(गुरुङ)सञ्चारकर्मी संघ नेपालका निवर्तमान कोषाध्यक्षमा वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङ, संघका पुर्व केन्द्रीय सदस्य वरिष्ठ फोटो पत्रकार राम गुरुङ, संघका कोषाध्यक्ष लाला गुरुङ, केन्द्रीय सचिव रोशनी गुरुङ, केन्द्रीय सदस्य आस गुरुङ, कास्की अध्यक्ष शान्ति गुरुङ लगायतले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सञ्चारका नयाँ आयामहरु र व्यवसायिकरणका विविध पक्षमा प्रशिक्षित गराइएको थियो ।तस्विर मनि तमु

प्रतिक्रिया