विहानै स्थानीयबासीद्धारा हुम्ला विमानस्थलमा घेराउ र प्रर्दशन

विहानै स्थानीयबासीद्धारा हुम्ला विमानस्थलमा घेराउ र प्रर्दशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०७४
  • 10.3K
    Shares

हवाई टिकेटका बिषयलाई लिएर स्थानीयबासीले शनिवार विहानैदेखि हुम्ला विमानस्थल घेराउ गरेका छन् । हवाई कम्पनीहरुले स्थानीयलाई टिकट नदिएर विदेशीलाई मात्र टिकेट दिएको भन्दै उनीहरुले विरोधस्वरुप विमानस्थल घेरेका छन् । नेपालगन्ज आउन स्थानीयबासीहरुलाई पनि हवाइ टिकेट उपलब्ध गराउन उनीहरुले माग गरेका छन् ।

विमानस्थलको चारैतिर स्थानीयबासीले घरेपछि त्यहाँ अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । यतिबेला ठुलो संख्यामा भारतीय पर्यटकहरु रारा ताल र अन्य धार्मिक पर्यटकीय स्थलमा जान थालेका छन् । कतिपय भारतीय पर्यटकहरु नेपालगन्ज विमानस्थलमा रोकिएका छन् । पाँच दिनदेखि कर्णाली जान लागेका पर्यटकहरुले विमान अभावका कारण विमानस्थलमा कुर्नुपर्ने भएको छ ।

हुम्ला विमानस्थलमा तारा र सिता एयरका साना विमानहरु मात्र सञ्चालनमा आउने गरेका छन् ।

प्रतिक्रिया