बजेट अपडेट : ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाइने

बजेट अपडेट : ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ जेष्ठ २०७४
  • 12K
    Shares

१५ जेठ, काठमाडौं । सरकारले ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाउने भएको छ । व्यवस्थापिका संसदमा आज आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले अब हिमाली शहरको अध्ययन पनि अघि बढाउने घोषणा गरे ।

उनले खाद्य हरियाली शहरलाई निरन्तरता दिइने पनि बताए । निर्माणाधीन तराईको हुलाकी र मध्यपहाडी राजमार्गमा १०-१० वटा नयाँ शहर विकास गर्न बजेट विनियोजन गरिएको छ ।

तराईमा शहर विकासका लागि ११ अर्ब १ करोड रुपैयाँ खर्च गरिने भएको छ । त्यसैगरी गरिब जनताका लागि जनता आवास कार्यक्रम पनि निरन्तर सञ्चालन गरिने भएको छ । यसका लागि २ अर्ब ४४करोड रुपैयाँ छुट्याइएको छ ।स्रोत अनलाइन खबर

प्रतिक्रिया