बजेट अपडेट : बुढीगण्डकी आयोजनालाई १० अर्ब, जलासययुक्त आयोजनालाई प्राथमिकता

बजेट अपडेट : बुढीगण्डकी आयोजनालाई १० अर्ब, जलासययुक्त आयोजनालाई प्राथमिकता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ जेष्ठ २०७४
  • 6.9K
    Shares

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट ०७४ /०७५ मा बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड रकम छुट्टाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड रकम छुट्टाएको थियो । आगामी आर्थिक वर्षका लागि यसमा झण्डै दोब्बरले रकम वृद्धि भएको छ ।

मुआब्जा विनियोजन तथा पुनर्बासका लागि यो रकम छुट्टाएको अर्थमन्त्री कृष्णबहादुर महराले जनाएका छन् ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा माथिल्लो तामाकोसीका लागि ५० करोड रकम छुट्टाइएको छ ।

सात वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ । आगामी आर्थिक वर्षमा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखिएको छ । साथै पम्प स्टोरेजको सम्भाव्यता अध्ययनसमेत अघि बढाइने भएको छ ।स्रोत अनलाइन खबर

प्रतिक्रिया