बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु

बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ जेष्ठ २०७४
  • 11.5K
    Shares

काठमाडौँ/ आज बिहान स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आउनुभएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो।

उहाँलाई बा २ ख ५७३० नंको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ। घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ।

प्रतिक्रिया