• जन संचार
  • शनिबार, १७ साउन २०८२
  • 3.1K
    Shares

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको शीतल निवास श्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराउनुभएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया