गेस्टहाउसमा युवती मृत्यु प्रकरण : हत्या आशंकामा दुई युवक पक्राउ

गेस्टहाउसमा युवती मृत्यु प्रकरण : हत्या आशंकामा दुई युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ साउन २०८३
  • 2.8K
    Shares

murder in guest house

काठमाडौं, ५ साउन २०८३।

काठमाडौंको मित्रनगरस्थित नयाँ बसपार्कमा रहेको एक गेस्टहाउसमा युवती मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

नयाँ बसपार्कमा रहेको होटल माउण्ट एल्भिसको चौथो तलास्थित कोठामा सोमबार बिहान मृत भेटिएकी धनगढीकी निशा सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले बाँकेबाट जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आएका २० वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका रमेश बुढालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका रमेश बुढाले आफ्नै कम्मरमा लगाउने पेटी (बेल्ट) प्रयोग गरी निशा सुनुवारको घाँटी कसेर हत्या गरेको स्वीकार गरेको जानकारी दिए।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार घटना असार ३२ गते भएको हो। अनुसन्धानबाट रमेशले आफूसँग रहेको करिब एक लाख रुपैयाँ हराएको आशंका गर्दै सुनुवारलाई पुनः सम्पर्क गरी गेस्टहाउसमा बोलाएको खुलेको छ। गेस्टहाउसको कोठामा दुवैबीच विवाद भएपछि आवेगमा आएर हत्या गरेको बयान आरोपितले दिएको प्रहरीको भनाइ छ।

हत्यापछि शव लुकाउन आरोपितले गेस्टहाउसको पलङभित्र शव राखेको अनुसन्धानबाट खुलेको छ। घटना भएको रात उनी आफ्ना एक साथीसँग सोही कोठामा बसेका थिए भने भोलिपल्ट गेस्टहाउस छाडेर हिँडेको प्रहरीले जनाएको छ।

केही दिनपछि कोठाबाट दुर्गन्ध आउन थालेपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेको टोलीले पलङभित्रबाट सुनुवारको शव फेला पारेको थियो।

घटनाको अनुसन्धानका क्रममा रमेशसँगै रहेका दानबहादुर शाहीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। तर हालसम्मको अनुसन्धानले हत्यामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको निष्कर्ष छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 काठमाडौंको गोंगबु बसपार्क नजिक रहेको एक होटलमा युवती मृत फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

सोमबार बिहान मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलास्थित कोठामा धनगढी स्थायी ठेगाना बताएकी करिब २८–३० वर्षीया निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन्।

घटनापछि फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले बाँकेबाट जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आएका २० वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका रमेश बुढालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार होटलको कोठा दानबहादुर शाहीले बुक गरेका थिए। त्यसपछि रमेश बुढा मृतक युवतीलाई कोठामा लिएर गएको र केही समयपछि दानबहादुर त्यहाँबाट निस्किएको देखिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा युवतीको हत्या रमेश बुढाले गरेको हुन सक्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण र संलग्नताको पुष्टि अनुसन्धानबाट हुने भएकाले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार