बुटवलमा एक महिलामाथि सामूहिक बलात्कार

बुटवलमा एक महिलामाथि सामूहिक बलात्कार


  • जन संचार
  • बिहिबार, २६ असार २०८२
  • 4.8K
    Shares

बुटवलमा महिलामाथि सामूहिक वलात्कार :

अचेत अवस्थामा आईतबार बिहान भेटिएकी उनको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

बुटवलमा एक महिला सामूहिक बलात्कारमा परेकी छिन । बुटवल उपमहानगरपालिका–५, राधाकृष्ण मन्दिर नजिक साई मन्दिर परिसरमा बस्दै आएकी एक ४० वर्षिय महिलामाथि शनिबार राति सामुहिक बलात्कार भएको हो। आईतबार बिहान कालिका मन्दिर नजिक अचेत अवस्थामा रहेकी महिलालाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै उनको लुम्बिनी प्रादेशिक अस्पतालमा जाच गरेपछि बलात्कारको घटना बाहिर आएको हो ।

शारीरिक र मानसिक पिडामा रहेकी महिलाको स्वास्थ्य अवस्था प्रति प्रहरीप्रशासन गम्भीर नदेखिएको स्थानिय बासिन्दाको गुनासो छ । चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र पिडितको उपचारमा लापरवाही भएको एक स्थानियको आरोप लगाए । रात्रीकालिन बजारको अवधारणा सहित उज्यालो बुटवलको नारा चलाईरहदा घटेको यो घटनाले सुरक्षा संवेदशिलताप्रति सरोकारवालाहरुको भुमिकालाई प्रष्टाएको छ । स्थानीय समाजसेवीहरूले पीडित महिलालाई न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया