काठमाडौँ, ६ साउन २०८३।
गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट भागेका सहकारी ठगी मुद्दाका एक कैदी हेटौडाबाट पक्राउ परेका छन्।
जेन जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट भागेका काभ्रेप तेमाल गाउँपालिका–५ निवासी सिबी लामा भनिने चन्द्रबहादुर तामाङ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ बाट पक्राउ परेका हुन्ग।
प्रहरीका अनुसार , तामाङ सहकारी ठगी मुद्दामा कैद सजाय भोगिरहेका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।