सार्वजनिक बिदामा चलेका तीन सरकारी गाडीमाथि कम्युनिष्ट पार्टीको कारवाही

सार्वजनिक बिदामा चलेका तीन सरकारी गाडीमाथि कम्युनिष्ट पार्टीको कारवाही


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ चैत्र २०७३
  • 47.2K
    Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले सार्वजनिक बिदाका दिन सञ्चालनमा आएका सरकारी सवारी साधनहरुमाथिको कारवाही अभियान चलाएको छ । यसै क्रममा रामनवमीको दिन बुधबार सरकारले सार्वजनिक दिएको भएपनि नीजि प्रयोजनका लागि चलाइएका तीनवटा सरकारी सवारी साधनहरुमाथि कम्युनिष्ट पार्टीले कारवाही गरेको छ ।
सार्वजनिक बिदाको दिन सरकारी साधन चल्न नदिने अभियान अन्तरगत बुधबार दिउँसो पोखरा लेखनाथ महानगरपालिकाको सराङकोट लामागाउँ क्ष्ेात्रमा पुगेका कम्युनिष्ट पाटीका कार्यकर्ताहरुले तीनवटा सरकारी साधनहरुलाई कारवाही गरेको हो । सार्वजनिक बिदाको दिन पनि सञ्चालनमा आएका सवारी साधनहरु स्थानीय विकास मन्त्रालयको डोलिडार विभागको बा१झ ९४०९, जिल्ला नापी कार्यालय कास्कीको बा१झ ६९२५ र क्षेत्रीय लोक सेवा आयोग कार्यालय पोखराको बा१झ ८३४६ रहेका छन् । सार्वजनिक बिदाका दिनमा पारिवारिक प्रयोजनमा चलाइएका “ती सवारी साधनहरु अबका दिनमा दुरुपयोग नगर्ने शर्तमा छाडिएको” नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य परिवर्तनले जानकारी दिए ।


नापी शाखा कास्कीका सवारीचालक हरि गौतमले “हिन्दूमात्रको महान पर्व मध्येको एक रामनवमी पर्वमा समेत हाकिमले भनेर गाडी चलाउनुपर्दा आफूलाई दुःख लागेको” गुनासो कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता अघि गरेका थिए ।
उता स्थानीय विकास मन्त्रालयको डोलिडार विभागका महानिर्देशक रामकृष्ण सापकोटाको निर्देशनमा उनका आफन्तलाई पोखरा घुमाउन आएका चालक लालबहादुर ऐडीले आफूले सावर््रजनिक बिदाका दिनमा पनि नीजि र पारिवारिक प्रयोजनका लागि सरकारी सवारी साधन चलाएर गल्ती गरेको स्वीकार गरे । उनले “अब आइन्दा यस्तो गल्ती नगर्ने” बचनवद्धता व्यक्र गरेका थिए ।
पश्चिमाञचल क्षेत्रीय लोकसेवा आयोगको कार्यालयका प्रमुख बिनोदबहादुर कुँवरले “सार्वजनिक बिदाका दिनमा पनि पारिवारिक घुमघामका लागि आफूले सरकारी गाडी प्रयोग गर्नुपरेकोमा लज्जाबोध भएको बताउँदै कम्युनिष्ट पार्टीको यो अभियानले निरन्तरता पाउनुपर्ने बताएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य परिवर्तनले आफ्नो पार्टीले कारवाही गरेका सबै सरकारी सवारी साधनहरुले बिदाका दिनमा पनि सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीबाट अनुमति लिएको भएपनि नीजि सम्पत्ति जसरी सरकारी गाडी पारिवारिक घुमघाममा प्रयोग गरेर सरकारी ढुकुटीमा नोक्सान पुर्‍याएकाले केही समय नियन्त्रणमा लिएर अब आइन्दा त्यस्तो गल्ती नगर्ने शर्तमा चेतावनी दिएर छाडिएको बताए ।

प्रतिक्रिया