मलेसियामा नेपाली एक युवालाई चार वर्षको जेल सजाय

मलेसियामा नेपाली एक युवालाई चार वर्षको जेल सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ फाल्गुन २०७३
  • 13.7K
    Shares

मलेसियामा एक स्थानीय युवतीको सुनको सिक्री चोर्न खोज्ने नेपाली युवालाई चार वर्षको जेल सजाय भएको छ । २१ वर्षीय महिला विद्यार्थीको सुनको सिक्री चोर्ने प्रयास गरेको अभियोगमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका २६ वर्षीय कुमार दराललाई क्वालालम्पुरस्थित सेसन्स कोर्टले उक्त सजाय सुनाएको मलेसियाली सञ्चारमाध्यममा खबर छ  ।

समाचार अनुसार उनले ‘नुरहाफिजातुल सरिना जुल्किफिली’ नाम गरेकी युवतीले हात धोइरहेको मौका छोपी उनको घाँटीमा रहेको करिब २० हजार रिंगिट बराबरको सुनको सिक्री चोर्ने प्रयास गरेका थिए । ती महिला विद्यार्थी हुन् । कुमारले गतवर्ष डिसेम्बर २९ बिहान करिब साढे सात बजेतिर उनले ती महिलाको सिक्री चोर्ने प्रयास गरेका समाचार संस्था ‘बर्नामा’ले उल्लेख गरेको छ । उनी सोही दिन पक्राउ परेका थिए ।

उनी गैरकानुनी हैसियतमा रहेकाले एक वर्षसहित चार वर्ष जेल सजाय तोकिएको बताइएको छ । अदालतसामू उनले आफूमाथिको अभियोग स्वीकार गरेका थिए । अदालतले अघिल्लो साता उनलाई उक्त सजाय सुनाएको हो ।

प्रतिक्रिया