जनप्रिय युवा नेता बास्तोला कांग्रेसको कास्की २ (ख) को सचिव पदमा निर्बिरोध निर्वाचित

जनप्रिय युवा नेता बास्तोला कांग्रेसको कास्की २ (ख) को सचिव पदमा निर्बिरोध निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असोज २०८३
  • 456
    Shares

पोखरा, १४ असोज २०८३।

पोखरा महानगरपालिका वडा नम्बर ११ का जननित्वाचित वडा सदस्य एबम जनप्रिय युवा नेता सुशील बास्तोला नेपाली कांग्रेसको कास्की क्षेत्र नं. २ (ख) को सचिव पदमा निर्बिरोध निर्वाचित भएका छन्।

पोखरामा बुधबार सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिबेशन अन्तरगत क्षेत्रिय स्तरको चुनाबमा युवा नेता बास्तोला कास्की क्षेत्र नं. २ (ख) को सचिव पदमा निर्बिरोध निर्वाचित भएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय भएर पार्टी संगठन निर्माण, जनप्रतिनिधिको भूमिका तथा सामाजिक गतिविधिमा संलग्न बास्तोला युवा पुस्तामाझ परिचित र चर्चित रहेका छन् । उनले सामजिक बिकृति, बिकृति, अन्याय , अत्याचार र भ्रस्टाचारका बिरुद्धमा चर्को आवाज उठाउने जनप्रतिनिधिका रुपमा जनतामाझ आफ्नो पहिचान बनाएका छन्।

बास्तोलाले नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ वडा कार्यसमितिको सचिवका रूपमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरेका छन्।

सचिव पदमा निर्वाचित भएपछि बास्तोलाले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया