झन्डै साढे दुई करोड मूल्यका सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ गरगहना बरामद

झन्डै साढे दुई करोड मूल्यका सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ गरगहना बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असोज २०८३
  • 779
    Shares

पोखरा , १५ असोज २०८३।

झन्डै साढे दुई करोड मूल्य बराबरका सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छिन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षमा सामान चेकजांच गर्ने क्रममा झन्डै साढे दुई करोड मूल्य बराबरका सुनका गरगहनासहित एक महिला पक्राउ परेकी हुन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। उनको साथबाट दुई करोड ५१ लाख ९३ हजार तीनसय ५० रुपियाँ मूल्य बराबरका विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चूरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेट समेत दुई किलो ६०५ ग्राम सुन बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

। गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकामा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टी भएको प्रहरीले जनाएको छ । बरामद अवस्थाका गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन भएको प्रहरीको भनाइ छ ।

बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएका छ ।

सोही सन्दर्भमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया