काठमाडौं, १८ साउन २०८३ ।
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। रोमानियाको बाकाउ सहरमा आइतबार बिहान भएको दुर्घटनामा दुई नेपालीको ज्यान गएको हो।
स्थानीय समयअनुसार आइतबार बिहान ३ः२१ बजे बाकाउस्थित चिमीई रेल सडक खण्डमा रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रारम्भिक विवरण छ। मृतक दुवै जना पुरुष रहेको र उनीहरूको उमेर २५ र ३६ वर्ष रहेको बताइएको छ।
यद्यपि, मृतक नेपाली नागरिकको नाम, स्थायी ठेगाना तथा अन्य व्यक्तिगत पहिचान भने अझै खुल्न सकेको छैन। सम्बन्धित निकायबाट थप विवरण संकलन भइरहेको जनाइएको छ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। Nepal Khabar
दुर्घटना भएको स्थान रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बताइएको छ।
रोमानियामा पछिल्लो समय रोजगारी तथा अध्ययनका लागि नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ। करिब ५० हजार नेपाली रहेको अनुमान गरिएको रोमानियामा नेपाल सरकारको छुट्टै दूतावास छैन। रोमानियासम्बन्धी कूटनीतिक काम जर्मनीको बर्लिनस्थित नेपाली दूतावासबाट हुँदै आएको छ।
दूतावासले घटनाको थप विवरण संकलन गरी मृतकको पहिचान, परिवार तथा शव व्यवस्थापनलगायतका विषयमा आवश्यक समन्वय गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। रोमानियाको बाकाउ सहरमा आइतबार बिहान भएको दुर्घटनामा दुई नेपालीको ज्यान गएको हो।
स्थानीय समयअनुसार आइतबार बिहान ३ः२१ बजे बाकाउस्थित चिमीई रेल सडक खण्डमा रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रारम्भिक विवरण छ। मृतक दुवै जना पुरुष रहेको र उनीहरूको उमेर २५ र ३६ वर्ष रहेको बताइएको छ।
यद्यपि, मृतक नेपाली नागरिकको नाम, स्थायी ठेगाना तथा अन्य व्यक्तिगत पहिचान भने अझै खुल्न सकेको छैन। सम्बन्धित निकायबाट थप विवरण संकलन भइरहेको जनाइएको छ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।