आफ्नै बाबुआमाको हत्या गर्ने युवक पक्राउ

आफ्नै बाबुआमाको हत्या गर्ने युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 6.6K
    Shares

जुम्लामा आफ्नै बाबुआमाको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोठीचौर–२ बस्ने ३० वर्षीय बिरबहादुर ऐडीलाई घर अगाडि आफ्नै ४५ वर्षीय बाबु गोरख ऐडी र ५० वर्षीया आमा जयरुपा ऐडीलाई ढुंगाले हानी हत्या गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

निज बिरबहादुर ऐडीको मानसिक सन्तुलन गुमेको भन्ने खुल्न आएकोले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया