सप्तरी, १७ कार्तिक २०८३।
प्रहरीको नियन्त्रणबाट मुक्त भएका सप्तरीका पत्रकार आदित्य अजयले आफूमाथि प्रहरीले कुटपिट गरेको बताएका छन्।
पब्लिक खबर २४ का सञ्चालकसमेतरहेका उनीमाथि राति करिब १ बजे नेताचोकमा प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्।
सप्तरी प्रहरीको नियन्त्रणमा रहेको भनिएका पत्रकार अजय आदित्य रिहा भएका छन्। सञ्चारकर्मीहरूको चासो बढेको यस घटनामा अहिले उनले प्रहरी नियन्त्रणबाट बाहिर आएको जानकारी प्राप्त भएको छ। उनको हाल छिन्नमस्ता अस्पतालमा उपचार भैरहेको घाइते पत्रकार स्वयम्ले बताएका छन्।
उनी अस्पताल आउँदा बनाइएको भिडियो पनि प्रहरीले मोबाइल खोसेर प्रहरीले मेताएको उनले सार्वजनिक रुपमा जानकारी दिएका छन। उनलाई प्रहरीले किन पक्राउ गरेको थियो भन्ने बारेमा भने कुनै तथ्य बाहिर आएको छैन।
सप्तरीको राजविराज नगरपालिका-७ मा बसोबास गर्दै आएका पत्रकार आदित्य अजयमाथि आक्रमण भएको घटनाले चासो बढाएको छ। घटनामा प्रहरीकै संलग्नता रहेको आरोप लागेपछि यो विषय थप गम्भीर बनेको छ। घटनाबारे सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला यसको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषी देखिएकामाथि आवश्यक कारबाही गर्न माग उठिरहेको छ।
पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।
सरोकारवालाहरूले भनेका छन् — दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्छ र पीडितलाई न्याय दिनुपर्छ। जब पत्रकार नै असुरक्षित हुन्छन् भने आम नागरिकको सुरक्षाको प्रत्याभूति कसले गर्ने भन्ने प्रश्न समेत उठेको छ।
यो घटना कुनै व्यक्ति विशेषको मात्र नभई समग्र कानुनी शासन र लोकतान्त्रिक मूल्यसँग जोडिएको विषय भएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
नोट: यो तस्बिर सामाजिक सञ्जालबाट लिइएको हो।



