सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी पर्यटकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८३
  • 1.4K
    Shares

सोलुखुम्बु, १७ कातिक २०८३।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर ल्याण्डिङको क्रममा एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको र एक जना घाइते भएको प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको प्रारम्भिक जानकारी आएको जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार