निर्वाचन आयोगमा सिफारिस भएका तीनजनाको सुनुवाई प्रक्रिया सुरु

निर्वाचन आयोगमा सिफारिस भएका तीनजनाको सुनुवाई प्रक्रिया सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 7.5K
    Shares

काठमाडौं,२० माघ।

निर्वाचन आयोगमा सिफारिस तीनजना आयुक्तको संसदीय सुनुवाईको प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस झापाका नरेन्द्र दाहाल, स्याङजाका ईश्वरीप्रस्ताव पौडेल र रुकुमका सुधिरकुमार शाहको बारेमा कुनै गुनासो भए उजुरी गर्न आह्वान गरेको हो ।

समितिले बिहीबार सार्वजनिक सूचना निकालेर दाहाल, पौडेल र शाह विरुद्ध उजुरी भए आउँदो २९ गतेभित्र समितिको कार्यालयमा दिन समय दिएको छ ।

प्रतिक्रिया