मलेसियामा रहेका उखिराकाे आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु

मलेसियामा रहेका उखिराकाे आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ माघ २०७३
  • 11.2K
    Shares

काठमाडाैं,१९ माघ ।

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।

जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए ।

कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए । तीन वर्ष पहिले मलेसिया गएका उनका एक छोरा र एक छोरी रहेका छन् ।

उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार