पोखरा महानगरपालिकाको मेयर पमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा बिजयी हने सम्भावना कम हुँदै गर्दा उपमेयर पदमा सोही पार्टीकी मञ्जुदेबी गुरुङले जित्ने सम्भावनाहरु देखिएका छन्।
पोखरा महानगरको हालसम्म एकलाख पांच हजार आठ सय ६२ मत गणना हुँदा मेयर पदमा थापा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यभन्दा तीनहजार चार सय १३ मत पछाडी छन्। एकीकृत समाजवादीका उम्मेदवारले ४२ हजार तीनसय ४८ मत पाएका छन् भने थापाले ३८ हजार नौसय ३५ मत ल्याएका छन्।
उपमेयर पदमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा एक हजार सातसय ६७ मतले अघि छिन। गुरुङले ४४ हजार तीन सय एक मत पाउदा कांग्रेसकी उमेदवार रानाभाटले ४२ हजार पांच सय ३४ मत ल्याएकी छिन।
अहिले वडा न्मब्र १६, १७, १८, १९. २१, २२ ३१ र ३२ को मतगणना जारी छ। अहिलेसम्म पोखरा महानगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, २०, २३, २४, २५, २६, २७, २८, २९, र ३० को मतगणनाको अन्तिम परिणाम आइसकेको छ।
पोखराको वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५, २६, २७, २८ ३० को वदाध्यक्ष एमालेले जितेको छ भने बाँकी वडामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी बनेका छन्।
पोखरा महानगर अपडेट : १०५८६२ मतगणना ।
#मेयर
कृष्ण थापा : एमाले सुर्य ३८९३५
धनराज आचार्य : एकीकृत समाजवादी कलम- ४२३४८
मतान्तर ३४१३ अग्रता
#उपमेयर
सुर्य-४४३०१
रुख-४२५३४
मतान्तर (१७६७ अग्रता)
