धुलो न्यूनीकरण विधि अपनाएर सडक बनाउन सर्वाेच्चको आदेश

धुलो न्यूनीकरण विधि अपनाएर सडक बनाउन सर्वाेच्चको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७३
  • 8.3K
    Shares

काठमाडौं, १८ माघ । 

सर्वाेच्च अदालतले काठमाडौं उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई यस्तो आदेश दिएको हो । आदेशमा तत्काल धुलो न्यूनीकरण भए/नभएको निरीक्षण र अनुगमन गर्न/गराउनसमेत आदेश दिइएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले अघिल्लो सोमबार उपत्यकामा सडक निर्माणका कारण वायु प्रदुषण बढेको जनाउँदै अदालतमा रिट निवेदन दायर गेका थिए ।

प्रतिक्रिया