काठमाडौं, १२ माघ ।
मंगलबार बेलुका मधेसी मोर्चासँगको छलफलमा सहभागी हुने बालुवाटा पुगेका कांग्रेस नेता पौडेलले स्ववियु चुनावमा २८ वर्षे उमेर हद नराख्न प्रधानमन्त्रीलाईआग्रह गरेका थिए ।
स्रोतका अनुसार कांग्रेस नेता पौडेलले बुधबार पनि प्रधानमन्त्रीलाई फोन गरेर २८ वर्षभन्दा बढी उमेरका विद्यार्थीले पनि स्ववियु चुनाव लड्न पाउने पर्ने माग गरेका छन् ।
त्रिविको यो निर्णयलाई एमाले, माओवादी लगायतका विद्यार्थी संगठनले समर्थन गरिसकेका छन् भने कांग्रेस निकट नेवि संघले यसमा पुनर्विचार गर्नुपर्ने माग गर्दै आइरहेको छ ।
कांग्रेस नेता पौडेल यो निर्णयबाट आफ्नो समूहका विद्यार्थी नेतालाई घाटा हुने भन्दै प्रधानमन्त्री प्रचण्डसँग भनसुन गर्न सक्रिय बनेका हुन् ।