प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्वराष्ट्रपतिबीच भेटवार्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ माघ २०७३
  • 10.3K
    Shares

काठमाडौं, ११ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सह्राना गरेका थिए।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तर्राष्ट्रिय रूपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरू प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताए।

प्रतिक्रिया