नेकपा(माओवादी)का स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुर्दशन’ले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्थाका लागी एकिकृत जनक्रान्तिको कार्यदिशा निर्णायक हुने बताएका छन ।
नेकपा(माओवादी) रुपन्देहीको पाचौं जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता वलीले प्रचण्ड बाबुरामले क्रान्तिलाई धोका दिएको कारण छुट्टै माओवादी पुर्नगठन गरी अघी बढनु परेको बताए । उनले विदेशी हस्तक्षेपले सिमा नाघ्दै जादा राष्ट्रियता दिन-प्रतिदिन झन नाजुक हुदै गएको बताए।
वलीले जनताका जनजीविका, राष्ट्रिय स्वाधीनताका लागी नेपाली जनता एकजुट भएर क्रान्तिका पक्षमा लाग्न अपिल समेत गरे । नेता वलिले पार्टिको आठौ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रिय राजनिति फरक ठाउमा पुग्ने दाबी गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्र बहादुर चन्द ‘विरजंग’ ले देशभित्र चुलिदै गएको महंगी,कालोबजारी र भष्ट्रचारका बिरुद्द आफ्नो पार्टीले संघर्षका कार्यक्रमलाई बढाउदै लैजाने बताए।
त्यस्तैे नेकपा(माओवादी)का केन्द्रिय सदस्य एवम रुपन्देहीका पुर्व जिल्ला इन्चार्ज बशन्त श्रेष्ठ ‘प्रज्जवलन’, अनेमसंघ क्रान्तिकारी केन्द्रिय अध्क्षय बन्धु चन्द, वामपन्थी वुद्धिजीवी दिल शाहनि,अखिल नेपाल शिक्षक सगँठनका केन्द्रिय वरिष्ठ उपाध्क्षय घनश्याम पाठक लगाएतले बोलेका थिए ।
कार्यक्रममा रुपन्देही सचिव सरद वलीको सभापतित्व, अमर आर सि को सञ्चालन र बिश्वास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने रक्तरञ्चित सास्कृतिक परिवारले विभिन्न सास्कृतिक प्रस्तुति राखेको थियो ।