मोर्चाको सहमतिमै चुनाव घोषणा हुन्छ – उपप्रधानमन्त्री निधि

मोर्चाको सहमतिमै चुनाव घोषणा हुन्छ – उपप्रधानमन्त्री निधि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ माघ २०७३
  • 5.6K
    Shares

पर्सा, ४ माघ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए ।

एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए । कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया