उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत सुरु

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ माघ २०७३
  • 7.7K
    Shares

 काठमाडौं, २ माघ ।

उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिएको आवेदनलाई स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर सो कार्यको शुभारम्भ गरे ।

अनलाइन प्रणालीद्वारा आवेदन दिएर सेवा लिने चुमीले पोखरामा दुई करोडको लगानीमा रेस्टुराँसहितको ३२ शय्याको होटल सञ्चालन गर्नेछन् ।

विभागले उक्त अनलाइन सेवाबाट नेपालमा मझौला तथा ठूला उद्योग सञ्चालनका लागि अनुमति दिने, विदेशी लगानीका लागि स्वीकृति प्रदान गर्ने, उद्योग दर्ता गर्ने तथा विदेशी लगानीकर्तालाई व्यावसायिक भिसा प्रदान गर्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार