राजधानीमा नेपाली सेनाका एक अमलदारको हत्या भएको छ ।आर्मी मेडिकल कलेज सानो भर्याङमा कार्यरत सेनाका अमलदार २४ वर्षीय युवराज घिमिरेको काठमाडौंको बाफलमा हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका डीएसपी दीपक रेग्मीका अनुसारटाउकोमा गम्भीर चोट लागेका घिमिरेको आफ्नो स्युचाटार आउने क्रममा हत्या भएको अनुमान गर्दै घटनाबारे अनुसन्धान थालेको छ ।