भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला

भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ पुष २०७३
  • 5.8K
    Shares

कास्कीको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने भगवती वरालडाँडामा माघ १ र २ गते माघे सङ्क्रान्ति मेला हुने भएको छ।

‘वरालडाँडा जाऔँ, भगवतीमाईको दर्शन गरौँ’ भन्ने मूल नाराका साथ वरालडाँडा तमु समाजको आयोजनामा हुन लागेको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी लोकगीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता गरिने समाजका अध्यक्ष चीनबहादुर गुरुङले जानकारी दिए।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु २५ हजार र द्वितीय हुने टोलीले रु १५ हजार पुरस्कार पाउने बताइएको छ ।

प्रतिक्रिया