आज मजकोटको साना खोलामा भएको आमसभामा पुगेका महिलाले ज्ञापनपत्र बुझाउँदै छाउगोठको अन्त्यको माग गरेका हुन् ।
देवी देवता रिसाउने भन्दै महिलामाथि गरिएको यस्तो ज्यादती छिटो बन्द गर्न माग गरिएको हो । जिल्लाका मजकोट, गर्खाकोट, कोताग र दह गाविसमा अझै छाउपडी प्रथाका कारण महिलाले पीडा खेपिरहेको मजकोटका स्थानीय अधिकारवादी काशीराम न्यौपानेले बताए ।
त्यस्तै छेडा, चादे हुँदै जुम्जा जोड्ने सडक निर्माणमा तीव्रता दिन र स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको पहल गर्न माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै बस्नेतले सबै कुराको सम्बोधनका लागि आफू लागिपरेको आश्वासन दिए । जाजरकोट डोल्पा सडक निर्माण, पर्यटन प्रवद्र्धन अनि रेडपान्डाको संरक्षण र चाखुरे पर्यटनका लागि बजेट विनियोजन गरी काममा तीव्रता दिएर स्याबासी पाएका बस्नेतलाई थप काम गर्न जनताले ध्यानाकर्षण गराएका छन् ।