काठमाडौं, २६ पुस ।
नेकपा(माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आफ्ना दुई केन्द्रीय सदस्य रिहाइको माग गर्दै मंगलबार देशभरका शैक्षिक संस्था ठप्प पारेको छ । क्रान्तिकारीको बन्दका कारण उपत्यकासहित देशभरिका सरकारी तथा निजी विद्यालय , कलेजहरुकाे पठनपाठन ठप्प छ ।
सर्वोच्च अदालतपेरिसमा लोकमान सिंह कार्कीलाइ कालोमोसो दलेको आरोपमा क्रान्तिकारीका केन्द्रीय सदस्य द्वोय चन्द्र बुढा र प्रकाश शाहिलाइ पौष ७ गते प्रहरीले गिरफ्तार गरेर सार्वजनिक र अदालतको अवहेलना सम्बन्धि मुद्दा चलाइएको थियो।
त्यसकै विरोधमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले गत २३ गते एक विज्ञप्ति जारि गर्दै ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । जसअन्तर्गत पुस २४ गते देशभर प्रदर्शन भयो भने (आज) मंगलबार आमा हडताल गरिएको हाे ।
प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढालाई साेमबार (हिजाे)मात्र सर्वोच्च अदालतले १ महिना जेल चलानको फैसला गरेकाे छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो