पद्मकन्या क्याम्पसमा क्रान्तिकारीका नेता कुटिए

पद्मकन्या क्याम्पसमा क्रान्तिकारीका नेता कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ पुष २०७३
  • 14.1K
    Shares

बसन्ता भण्डारी

स्ववियु निर्वाचनको मिति घोषणालगत्तै चुनाव प्रचारमा सक्रिय आफ्ना कार्यकर्ताहरुमाथि नेविसंघले आक्रमण गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध गरेको छ । आइतबार र सोमबार लगातार दुई दिन नेविसंघ महामन्त्री साजना अधिकारी नेतृत्वको टोलीले आफ्ना नेता-कार्यकर्ताहरुमाथि आक्रमण गरेर घाइते बनाएको क्रान्तिकारीको भनाइ छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार नेविसंघको आक्रमणबाट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारी, केन्द्रीय सदस्यहरु गंगा दाहाल, दर्शना नेपाली, दिपा जोशी र देविका मिजार घाइते भएका छन् ।

प्रवक्ता बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्ववियु निर्वाचन नजिकिदै जाँदा कलेजमा अखिल क्रान्तिकारीको लोकपि्रयता र माहौल बढ्दै जान थालेपछि अत्तालिएर नेविसंघका नेता कार्यकर्ताले देखाएको यसप्रकारको अराजनीतिक र निकृष्ट हर्कतको घोर निन्दा र भ्रत्सना गर्दछौं । यस घटनामा अविलम्ब सार्वजनिक रुपमा क्षमा माग्न र दोषी उपर कडा कार्वाही गर्न सम्वन्धित पक्षलाई माग गर्दछौं ।’

अखिल क्रान्तिकारीको विज्ञप्ति

press-statement-of-akhil-krantikari

प्रतिक्रिया