डोटी,२४ पुस ।
हिमपातका कारण अवरुद्ध भएको अत्तरिया–स्याउले जोड्ने भिमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको एक वानटन नामक गाडी डडेल्धुराको साहुँ खर्क भन्ने ठाउँमा दुर्घटनामा परेको छ ।
सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी अनुसार डडेल्धुरामा तैनाथ रहेको नेपाली सेनाको गरुडदल गणबाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको टोली बाटो खोलेर फर्किदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते हुनेहरुमा खुम बहादुर बुच्छे, मिठे थापा, भरत कुमार मगर र नीर बहादुर सारु रहेका छन् । अन्य तीन जनालाई पनि गम्भीर चोट लागेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।
गम्भीर चार जनासहित अन्य केही घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पुर्याउने तयारी भइरहेको छ । उनीहरुलाइृ थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेलधुरा पुगेको नेपाली सेनाको गरुडदल गणले जानकारी दियो ।