अचानक स्थगित भयो राप्रपाको केन्द्रीय कार्यसमिति

अचानक स्थगित भयो राप्रपाको केन्द्रीय कार्यसमिति


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ पुष २०७३
  • 7.6K
    Shares

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ महिलो साता आह्वान गरेको केन्द्रीय कार्यसमितिको बैठक अचानक स्थगित गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकीकरणपछिको मूल्यांकन, महाविधेशनको तयारीलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।

राप्रपाका सहप्रवक्ता किरण गिरीले अर्को सूचना नभएसम्मका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको बताए । ‘सबै पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय कार्यसमिति बैठकका लागि सूचना भइसकेको थियो’, उनले भने, ‘महाधिवेशनको तयारीका लागि नेताहरू जिल्ला गएकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।’

राप्रपाले माघको ३ र ४ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । अब बैठकका लागि पुनः निमन्त्रणा गरिने सहप्रवक्ता गिरीले बताए ।

राप्रपा र राप्रपा नेपाल एकीकण भएसँग संगठन सुदृढीकरणमा जुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार