धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ माघ २०७३
  • 6.3K
    Shares

काठमाडौं, ४ माघ ।

धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो ।

तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा  चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा, सिरहा गोलबजारका २२ वर्षकी निजनी खातुन र उनकी १८ महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।

प्रतिक्रिया