पोखरा थप बुधवार एक पुरुषको निधन भएको छ ।
बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका-२ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो १२:१० मा चरक मेमोरियल अस्पताल, पोखरामा निधन भएको हो । गत २५ गते अस्पताल भर्ना भएका उनमा कोभिड-१९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको स्वास्थय निर्देशानलयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
आज बिहान मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक महिला सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको थियो ।
कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ :३४ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यसै गरी निर्देशनालयले कोरोनाबाट तनहुँ भिमाद -६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेज असोज १९ गते, भिमाद – ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी हस्पिटल काठमाण्डौमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी हस्पिटल काठमाण्डौमा असोज २५ गते मृत्यु भएको जानकारी गराएको छ ।