३५ रुसी कूटनीतिज्ञले स-परिवार अमेरिका छाडे

३५ रुसी कूटनीतिज्ञले स-परिवार अमेरिका छाडे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७३
  • 8.3K
    Shares

एजेन्सी, १८ पुस ।

अमेरिकामा रहेका ३५ जना रुसी  कूटनीतिज्ञले अमेरिका छाडेका छन् । नयाँ वर्षको दिन वासिंटन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चसनावमा रुसले ह्याक गरेको बताउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घन्टाभित्र अमेरिका छाडन निर्देशन दिएका थिए ।

रसियन दूतावासले बताए अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन । अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्वन्ध राम्रो हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया