वैदेशिक रोजगार विभागद्वारा देशभरका पाँचसय ८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)

वैदेशिक रोजगार विभागद्वारा देशभरका पाँचसय ८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 4.4K
    Shares

वैदेशिक रोजगार विभाग

पोखरा, २७ असार २०८१/

वैदेशिक रोजगार विभागले पाँचसय ८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ। विभागले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागमा दर्ता भई हाल खारेज भएका पाँचसय ८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको हो।

विभागले दर्ता भई कारोबार रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउने छैनन्। विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए।

उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो।

यी हुन् कारोबार रोक्का भएका म्यानपावर कम्पनीः
कारबाहीमा परेका देशभरका म्यानपावरको सूची

प्रतिक्रिया