इस्तानबुलको नाइट क्लबमा आक्रमण, ३५ को मृत्यु

इस्तानबुलको नाइट क्लबमा आक्रमण, ३५ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 7.5K
    Shares

काठमाडौं, १७ पुस  ।

टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् ।

मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।

प्रतिक्रिया