मलेसियामा कार्यरत नेपाली कामदारले आजदेखि लेबी बुझाउनु नपर्ने

मलेसियामा कार्यरत नेपाली कामदारले आजदेखि लेबी बुझाउनु नपर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 7.6K
    Shares

मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।

मलेसियाले सन् २०१७ देखि लागु हुने गरी रोजगारदाताले नै लेबी बुझाउनुपर्ने निर्णय गरेपछि मलेसियामा कार्यरत झण्डै साढे ६ लाख नेपालीलाई फाइदा पुग्नेछ ।

रोजगारदातालाई कामदारप्रति थप जिम्मेवारी बनाउने उदेश्यले नयाँ नियम ल्याएको मलेसिया सरकारले जनाएको छ । यस्तै मलेसियाले आप्रवासी कामदारको सेक्युरिटी डिपोजिटबारे पनि पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया