अपरककर्णालीबाट जीएमआर फिर्ता जानुपर्छ: विप्लव (भिडीयोसहित्)

अपरककर्णालीबाट जीएमआर फिर्ता जानुपर्छ: विप्लव (भिडीयोसहित्)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ पुष २०७३
  • 6.2K
    Shares

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अपर कर्णालीबाट भारतीय कम्पनी जीएमआर फिर्ता जानुपर्ने बताएका छन् ।
 
राजधानीमा आयोजित ‘जलस्रोत माथिकाे हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले यस्तो भनाइ व्यक्त गरेका हुन्।
 
अपर कर्णाली सम्झौता राष्ट्रघाती भएको र यसले नेपालको हित गर्न नसक्ने भन्दै विप्लवले भने – ‘जी एम आरले की त तीन करोड नेपाली जनताको भावना अनुसार काम गर्नुपर्छ होइन भने तुरुन्त फिर्ता जानुपर्छ ।’
 
उनले भारतले काग्रेस , एमाले र माओवादीलाई मात्र नेपाल र नेपाली ठानेर ३ करोड जनताको भावना विपरीत हस्तक्षेप गरीरहेको भन्दै यसको प्रतिवाद गरेरै छाड्ने उद्घोष गरे
 
‘नेपाली जनताले आफ्नो सेयर नपाउने, लगानी गर्न नपाउने तर भारतको कुनै कम्पनी आएर बिजुली निकाल्दै ओसार्दै गरेर उल्टै हामीलाई नै महंगोमा बेच्ने ?’ उनले थपे ‘यस प्रकारको राष्ट्रियतामाथिको हस्तक्षेप नेपाली जनतालाई मान्य हुदैन र यस्ता सबै योजनाहरु खारेज गरेर छाडिन्छ, त्यसका लागि सबै देशभक्त युवाहरु एक हुनुपर्छ ।’
 
यो देशका केही साशकहरुले भारतलाई नै देश बुझाउने प्रतिस्पर्धा गरिरहेको भन्दै यस्ता शासकहरुलाई पनि आफुहरुले अब देशबाट लखेट्ने बताए ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया