एजेन्सी, १६ पुस ।
सोमबारदेखि वेपत्ता राजदूत किरीआकोस अमरीदिसको शव ब्राजिलको रियो दि जेरियोको बाहिरी इलाकामा जलेको कारमा बुधबार भेटिएको थियो ।
अमरीदिसकी श्रीमती र एक स्थानीय प्रहरी प्रेम सम्बन्धमा रहेका कारण हत्या गरिएको प्रहरीको अनुमान छ । सन् २००१ देखि २००४ सम्म ग्रीसको दूतावासमा काम गरेका अमरीदिस यहि वर्ष राजदूतको रुपमा ब्राजिल पुगेका थिए ।