युवा संघ नेता बुढाथोकीमाथि खुकुरी हान्ने ५ जना पक्राउ

युवा संघ नेता बुढाथोकीमाथि खुकुरी हान्ने ५ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 7.3K
    Shares

युवा संघकेन्द्रीय नेता सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने ५  जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिएको छ ।
बुढाथोकीमाथि खुकुरी प्रहार गर्नुको सबै कारण भने खुलिनसकेको र अनुसन्धान जारी रहेको डिएसपी सुरेश काफ्लेले बताएका छन्। खुकुरी प्रहार पर्ने मुख्य योजनाकार बाँकेका २४ बर्षिय लक्ष्मण मल्ल भने फरार रहेको प्रहरी दाबी छ।बुढाथोकीमाथि बिहाबार राति ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको थियो। घाइते भएका बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ ।

प्रतिक्रिया