उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ ।विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएरसुरु भएको बसपार्क निर्माणको जिम्मा गौरी पार्वती कन्ट्रक्सन प्रालिले डेढवर्षभित्र सक्नेगरी जिम्मा लिएको छ । कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरेको छ ।
पहिलो तलामा रेष्टुरेन्ट र व्यागेज रुम रहने छ । इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्कभित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा हुने जानकारी दिए ।
१५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण थालिएको वसपार्क दैनिक ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ ।