युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार

युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 6.4K
    Shares

काठमाडौं, १५ पुस ।

नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।

उपचारका लागि काठमाडौं ल्याउने प्रयास गर्दा पनि हेलिकप्टर नमिलेका कारण भारत लगिएको युवा संघका केन्द्रीय सचिवालय सदस्य अशोक चौलागाईले जानकारी दिए । चौलागाईका अनुसार बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।

राति नौ बजेतिर बजारमा नै बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

केही दिनअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या भएको थियो ।

प्रतिक्रिया