कंलकीबाट तस्करीको ७ किलो सुन बरामद

कंलकीबाट तस्करीको ७ किलो सुन बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 8.5K
    Shares

काठमाडौं, १४ पुस ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको कलंकीबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाबाट गल्छी हुदैँ काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडी जाँच गर्ने क्रममा ७ किदो सुन भेटिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए।

चालक सिन्धुपाल्चोक घर भइ स्वयम्भुमा बस्दै आएका कुसान लामा पक्राउ गरेका छन् । उनले गाडीको इन्जिनभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महाशाखाका डिएसपी किरणजंग थापाले बताए। पछिल्लो समय रसुवा हुदैँ नेपालमा सुन भित्रिएको छ।

केही दिन अघि रसुवा प्रहरीले पनि ५ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया