काठमाडौं, १४ पुस ।
लेखनको सुरूवातका वर्षमा अनुसन्धानमुलक लेख तथा पुस्तकका कारण चर्चित दीक्षित पछिल्लो समय नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रका विषयमा फुटकर लेख तथा स्तम्भ लेखनमा सक्रिय थिए ।
उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बिपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, साँस्कृतिक संस्थामा आवद्ध थिए । दीक्षितका दुई छोरा र एक छोरी छन् । छोराहरु कुन्द र कनकमणी दीक्षित पत्रकारितामा सक्रिय छन ।