आफूलाई उपराष्ट्रपतिको छोरा हुँ भन्दै सरकारी तथा गैरसरकारी कार्यालयमा ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक राम्चे घर भई भक्तपुर कमलबिनायक बस्ने कमल भन्ने रोशन सुवेदी छन् । उनले अहिलेसम्म राजश्व अनुसन्धान विभाग, औषधि व्यवस्था विभागदेखि परराष्ट्र मन्त्रालयमा फोन गरेर रकम मागेका थिए ।
काठमाडौं प्रहरी अपराध महाशाखाका अनुसार उनले पत्रपत्रिकाबाट कार्यालय तथा संघ संस्थाको नाम संकलन गर्ने र टेलिकमको १९७ बाट नम्बर लिएर नेकपा माओवादीको कार्यक्रमका लागि १०/१५ हजार सहयोग गर्नुपर्यो भन्दै रकम माग्ने गरेका थिए ।
उपराष्ट्रपति पुनको नक्कली छोरा बनेर उनले पछिल्लोपटक हुलाक सेवा विभाग डिल्लीबजारमा फोन गरेर १० हजार रुपैयाँ मागेको पाइएको छ ।